धरान  / धरान उपमहानगरपालिकामा लौरो लिएर स्वतन्त्र उठेका सामाजिक अभियान्ता हर्क साम्पाङले फराकिलो अग्रता कायम गर्नु भएको छ । 

शुक्रबार बिहानको परिणाम अनुसार साम्पाङले कांग्रेसका किशोर राईभन्दा १५ सय ९ मतले अग्रता बनाउनु भएको छ ।  

साम्पाङले ११ हजार ३३९ मत ल्याउदा उनलाई छ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ९८३० मत प्राप्त गर्नु भएको छ ।  

मेयरमा एमालेकी उम्मेदवार मञ्जु भण्डारी करिब ३ हजार मतले पछि पर्दै ८ हजार ७१ मा हुनु हुन्छ ।  

उपमेयर पदमा गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार ४२१ मत ल्याउनु भएको छ । एमालेका पदम लिम्बुले १०९५८ ल्याउनु भएको छ । बेघाले ४६३ मतले अगैता लिनु भएको छ । हाल १३, ११, १४, १७ र १६ नं. वडाको मत परिणाम आउन बाँकी छ ।