२०७२ सालमा नेपालको संविधान जारी भए पछि देशमा संघीयता लागू भयो । सोहि अनुसार नेपालमा तीन तहका सरकार रहने व्यवस्था भयो । जस अनुरुप २०७४ साल असार १४ मा स्थानीय सरकारका रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । त्यसमा धरान उपमहानगरपालिका ६ नं वडा समितिमा वडा अध्यक्षमा मलाई पानवारीवासीले निर्वाचित गराउनु भयो । 

यो समय भनेको २० वर्ष जनप्रतिनिधि बिहिन कर्मचारीको शासन गरि रहेको अवस्थामा, संघीयताको पहिलो जनप्रतिनिधिका रुपमा हामी आयौं । हामी निर्वाचित हुदा स्थानीय सरकारका रुपमा संविधानमा मात्र उल्लेख थियो । 

संघमा  थुप्रै ऐन बन्न बाँकी थियो भने स्थानीयमा पनि ऐन , कानुन  कार्यविधि बनेका थिएनन् । थुप्रै कर्मचारी आवश्यक थियो । केन्द्रका कर्मचारी समायोजन हुन करिब २ वर्ष लाग्यो, त्यसको लगत्तै विश्व माहामारी कोभिड १९ आयो । त्यसले हामीलाई २ वर्ष तहसनहस बनायो । कर्मचारीको अभाव , भवनको अभाव, संरचना निर्माण भएका थिएनन् । हामीले सुखदुखसाथ काम ग¥यौं । यो समय जनताको जनअपेक्षा भने ठूला थिए । यस्तो विषम अवस्थामा पनि म धरान उपमहानगरपालिकाको बिधान समितिको करिब डेढ वर्ष संयोजक र प्रदेश कानुन आएपछि उपमेयर संयोजक रहने व्यवस्था अनुरुप म सदस्य रहेर धरानलाई चाहिने ऐन , कानुन कार्यविधि बनाउन सहयोग पुर्याए । आर्थिक विकास  समितिको सदस्य रहेर पनि कृषि, सहकारी ,उद्योग, पशुपालनको क्षेत्रमा थुप्रै काम गर्न सहयोग पुर्याए । 

६ नं वडा समितिको प्रमुखको हैसियतले जनअपेक्षा पूरा गर्न त सकिएन होला तर आर्थिक सुशासन कायम गर्दै थुप्रै भौतिक  , शिक्षा , स्वास्थ्य , खेलविकास , महिला , युवा , वालबालिका , जनजाति , अपाङ्गता , सरसफाइका क्षेत्रमा समानुपातिक हिसाबले काम गरिएको छ । रोजगरीको क्षेत्रमा औधोगिक ग्राम र मासु काट्ने उद्यागको स्थापना महत्त्वपूर्ण उपलब्धि हुन भन्ने लाग्छ । औद्योगिक ग्राम स्थापनामा स्वं मेयर तारा सुब्बाको ठूलो योगदान छ , म उहाँलाई सम्झन  चाहान्छु । यहि सबै काम गर्न सहज गरि ५ बर्ष कार्यकाल सहज बनाउन सहयोग पुर्‍याउनु हुने मेरो पार्टी नेकपा एमालेका नेता गण, संघीय माननिय जय कुमार राई , प्रदेश सभामुख माननिय प्रदिप कुमार भण्डारी  मेयर, उपमेयर ज्युहरु , वडाको जनप्रतिनिधि साथीहरू , अन्य राजनीति दल  तथा आम पानबारी वासी ,  सहयोगी सङ्स्था वडा तथा नगरका कर्मचारी मित्रहरू सुरक्षा निकाय , टोल बिकास संस्था, सामुदायिक संस्थाहरु , बालसञ्जाल सबै प्रती धन्यवाद ज्ञापन गर्दछु। 

मेैले ५ वर्ष कार्यकाल यहाँहरुको सहयोगले आर्थिक, भौतिक लोभमा नपरी घर परिवार नभनि नितान्त सामाजिक ब्यक्ति  बनेर काम गरे । यो बिचमा काम गर्दा वा बोल्दा जानी जानी गल्ति नगरेकोमा  म बिस्वस्त छु  । तर अन्जानमा बोल्दा वा काम गर्दा गल्ती महसुस गर्नु भएको छ भने क्षमा प्राथी छु । अब पनि बाँकी जीवन यहि समाजमा सामाजिक काममा समर्पित हुने छ । मेरो पहिलो प्राथमिकता वालबालिका प्रति हुनेछ  । यहाँका जनतासँग सहकार्य गरेर अगाडी बढ्ने छु । यहााको विकास र विस्तारका लागि मेरो योगदान हुने छ । वडाध्यक्षको कुर्सीमा बसेर कति गर्न सके, कति सकिने यहाँका जनताले मूल्याङ्कन गर्नु भएकै छ । अव तयो भन्दा बढि म बाहिर बसेर काम गर्ने पनि उहाँहरु माझ प्रतिवद्धता व्यक्त गर्दछु ।

वडाको विकास गर्न सबैसँगको सहकार्य अवश्यक पर्छ । त्यसका लागि मेरो पहल कदमी हुने छ । २०७९ साल बैशाख ३० गते भएको निर्वाचनमा ६ नं वडा समितिमा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाई मेरो साथ र सहयोग निरनतर हुने छ । हामीले संचरनाहरु, प्रर्वाधार बनाएका छौं । अव गाउँ र गाउँवासीको मुहार फेर्ने काम नयाँ समितिको हुने छ । त्यसका लागि उहाँहरुलाई सफलताको कामना पनि गर्दछु ।  (धरान उपमहानगरपालिका ६ न‍‍ निर्वतवान वडाध्यक्ष)

No photo description available.