धरान / धरान उपमहानगरपालिका वडानं २० मा मतगणनाको क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद हुदा मत गणना कार्य प्रभावित भएको छ । 

नेकपा माओवादीको ११ वटा, नेपाली काँग्रेसको ४ वटा र नेकपा एमालेको ३ वटा गरी १८ मतपत्रमा हस्ताक्षर नभएको पाइएको छ । दलका कार्यकर्ताले विरोध र नाराबाजी गरेपछि मत गणना स्थगित भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिनु भयो । अहिले पनि नारावाजी चलिरहेको छ । मत पेटिका सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । 

विरोध र नाराबाजी चलेकाले धरानको सबै वडाको मतगणना स्थगित भएको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिनु भयो । सहमति गरेर गणनाकाकाम अघि बढाइने उहाँले जानकारी दिनु भयो ।