धरान /  धरान उपमहानगरापालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेद्वार हर्क साङपाङले कांग्रेस एमालेलाई पछाडी पार्नु भएको छ । 

२७९८७ मत गणना गर्दा हर्क साङपाङले  मत बढाएर ८०४६ मत बनाउनु भएको छ । गठबन्धनका किशोर राईको ७९९६ रहेको छ । भने एमालेकी मञ्जु भण्डारीको ६६१० मत रहेको छ । 

११ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । भने  २०, १९, ११ को मत गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । उपमेयर गठबन्धनका माओवदी केन्द्रका उम्मेद्वार झिनो मतले अग्रस्थानमा रहनु भएको छ ।