धरान /  धरान उपमहानगरपालिक वडा नम्बर १० को मत पेटिका मंगलबार मत गणना गर्न निकाल्दैं गर्दा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार विवेक राई शोकमा पर्नु भयो ।  

मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७० बर्षीय बुद्धि राज राईको मृत्यु भयो । निर्वाचन कार्यलयले आज विवेक राई ९२४ मतका साथ विजयी भएको घोषण त गर्यो तर उहाँले  आफ्नो जीतको खुशी बुवालाई सुनाउन पाउनु भएन ।  नेकपा ऐमालेका  उम्मेदवार  ३८ बर्षीय विवेक  राईको पक्षमा मत पेटिकामा ९२४ मत बैशाख ३० गते भरिए पनि त्यो सुखद खवर बुबाले सुन्न पाउनु भएन । छोराको खुशीमा रमाउन नपाउदैं उहाँले संसार छाड्नु भयो ।  बुधबार पार्टीले तय गरेको छोराको विजय जुलुसमा सहभागी भएर शुभ आर्शिबाद दिन पाउनुभएन् । बुबाको अभावमा विवेक यति बेला धरान १० का जनतासँग आर्शिबात मागिरनु भएको छ ।  

भारी मन लिएर  विजय उत्सवमा उहाँ सहभागी हुनु भएको छ । धरानमा चुनाव जित्ने मध्यका सम्भव त सबैभन्दा कान्छा जनप्रतिनीधि विवेकका    निकटतम प्रतिद्वन्दी रुपा राईलाई  ३५७ मतको  अन्तरले  पराजित गर्दै  राई विजय हुनु भएको थियो । रुपा राईले ५६७ मत प्राप्त गर्नु भएको थियो । 

मंगलबार दिउसो करिव ३ बजे बुद्धिराजको निधन भएको उहाँको परिवारले जनाएको छ । उहाँलाई प्रतिष्ठानको मर्चरीमा राखिएको छ । शुक्रबार उहाँको अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ । कलेजेको समस्याले उहाँ लामो समयदेखि विरामी पर्नु भएको र मंगलबार उहाँको निधन भएको नेकपा एमाले धरान उपमहानगर कमिटी सचिव सुदेश चापागाईले जानकारी दिनु भयो । विजय उत्सव मनाउने समयमा उहाँको निधनले पार्टी नै स्तव्ध भएको चापागाईले बताउनु भयो ।