धरान / धरान उपमहानगरापालिकाको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका उम्मेद्वार हर्क साङपाङले मतान्तर घटाउदैं लानु भएको छ । बुधबार बिहान ८ बजेसम्म २६ हजार ८४२ मतगणना गर्दा  गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईलाई २५६ मतले पच्छाइरहनु भएको छ । हालसम्म राईले ७७१७ मत प्राप्त गर्नु भएको छ । साम्पाङले ७४६१ मत प्राप्त गनुृ भएको छ । वडा नं. ८, ९, १० नं. वडाहरुमा साङपाङको मत बढेर गएको छ । 

 एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारी ६४२५ मत प्राप्त गर्नु भएको छ । उहाँलाई हर्क साम्पाङले १०३६ मतले पछि पार्नु भएको छ । 

यसैगरि, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार ८६७० मतले अग्रता कायमै राख्नु भएको छ ।  एमालेका उम्मेद्वार पदम लिम्बुले ८३२४ मत प्राप्त गर्नु भएको छ । हालसम्म धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ । ९ नं. वडामा कांग्रेसबाट प्यानलसहित रुपेश आचार्य विजयी हुनु भएको छ । अघिल्लो निर्वाचनमा ९ नं. वडा एमालेले जितेको थियो ।