चैनपुर / सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा ९एमाले० का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले पाँच हजार ९४० मत ल्याउनुभएको छ । 

उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी हुनुभएको छ । उपप्रमुख श्रेष्ठले छ हजार ३०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङले पाँच हजार ४३० मत पाउनुभएको छ ।