काठमाडौँ /  स्थानीय तह सदस्य निर्वाचन, २०७९ को जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । आज साँझ ७ः०० बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ ।

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ३६ मा जित हासिल गरी ७१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले प्रमुख पदमा आठ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले सो पदमा एक स्थानमा जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले सो पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले दुई स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९एकीकृत समाजवादी०ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले आठ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९एकीकृत समाजवादी०ले सात स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्यले सात स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली कांग्रेसले एक हजार ७२२ मा जित हासिल गरी ९५ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले एक हजार ३१९ मा जित हासिल गरी ११४ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले वडाध्यक्ष पदमा ७४२ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११३ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३४७ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६९५ मा जित हासिल गरी १०६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले १ हजार ४२७ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले महिला सदस्य पदमा ६९१ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ११५ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३०६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा नेपाली कांग्रेसले एक हजार ६४० मा जित हासिल गरी १०४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले एक हजार ४०१ स्थानमा जित हासिल गरी ११३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले दलित महिला सदस्य पदमा ७१० स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १८५ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले २९६ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार ३८८ मा जित हासिल गरी १०३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा ९एमाले० ले दुई हजार ८८८ स्थानमा जित हासिल गरी १२३ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९माओवादी केन्द्र० ले वडा सदस्य पदमा एक हजार २९४ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा ९एकीकृत समाजवादी०ले सो पदमा २४४ स्थानमा जित र छ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ६२५ स्थानमा विजय हासिल गरी ३२ स्थानमा अग्रता कायम गरेका छन् ।

निर्वाचन कसुरमा कारवाही गर्न निर्देशन

यसैबीच निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनका क्रममा गैरकानूनी रूपमा हुलदङ्गा, ढुङ्गामुढा, तोडफोड गर्ने, हातहतियारसहित मतदान केन्द्रमा प्रवेश गर्ने जस्ता कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजय ऐन, २०७३  कारबाहीबारे नेपाल प्रहरीलाई आज स्मरण गराएको छ । कारबाहीबारे आयोगले आज गरेको सो निर्णयका आधारमा नेपाल सरकार गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइएको र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।