धरान / प्रदेश नं. १ को राजधानी तथा प्रदेशको मुख्य मन्त्रिको विषयमा निर्वाचन अवधी भर केही नबोलेका नेकपा (एमाले) का सचिव तथा प्रदेश नं। १ का इन्चार्ज भिमप्रसाद आचार्यले सो प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार आफू रहेको बताएका छन् । सुनसरी क्षेत्र नं. १ खबाट प्रदेश सभा सदस्यमा जितेका आचार्यले शनिवार प्रेस चौतारी निकट पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा मुख्य मन्त्रिको दावेदार आफु भएको बताएका हुन । आफू सो क्षेत्रको मुख्यमन्त्री बनेमा योजनावद्धरुपमा विकासको कामगर्ने प्रतिवद्धता जनाए । 
उनले भने –‘प्रदेश १ को सम्वृद्धिका लागि त्यहाँका उद्योगी, व्यवासायीहरुसँग निरन्तर छलफल गरिरहेको छु । प्रदेश संचालनका लागि आवश्यक राजस्व कसरी जुटाउने भनेर विज्ञहरुलाई सुझावका लागि अनुरोध पनि गरेको छु ।’
सो क्षेत्रमा मुख्यमन्त्रीको पदमा पूर्व सञ्चारमन्त्री शेरधन राईसमेत दावी गरिरहँदा उनले पार्टीमा आफ्नो वरिष्ठताका आधारमा पनि सो क्षेत्रमा मुख्यमन्त्री आफ्नो दावी हुने तर्क गरेका छन् । जातीयरुपमा पार्टीमा सबैको प्रतिनिधित्व हुने भएपनि मुख्यमन्त्रीको रुपमा जातीयरुपमा भागवण्डा अनुचित हुने उनको भनाई छ ।
पार्टीमा गुटको केही समस्या रहेपनि मुख्यमन्त्रीमा त्यस्तो समस्या नरहेको उनले बताए । पार्टी लोकतान्त्रिक प्रक्रियामा चलेकाले पार्टीले गर्ने निर्णय नै अन्तिम हुने उनले बताए । दुई दलको अहिले वाम एकताको प्रक्रिया चलिरहेकाले सहमतिअनुसार नै अगाडि बढ्ने बताउनुहुँदै उनले आफ्नो दावी स्वाभाविक रहेको बताए । अरुको दावी रहनु अस्वाभाविक होइन तर सो क्षेत्रको विकास र जनताको अपेक्षाअनुरुप नै निर्णय हुने तर्क गरे । 
प्रदेश नं १ मा ६५ प्रतिशत परिणाम एमाले र माओवादी केन्द्रको पक्षमा आएको दावी गर्दै उनले पार्टीले त्यसको मूल्यांकन गरेको बताए । 
चुनावीताका उम्मेदवारको टिकट वितरणका क्रममा पैसा मागेको आरोप लगाएर आफूविरुद्ध अभियान चलाइएकोमा गुनासो गर्नुहुँदै सचिव आचार्यले “आफू टिकट पाउँदा ठिक, नपाउँदा पैसा खान खोज्यो भन्ने आरोप शतप्रतिशत गलत हो” भन्नुभयो । पार्टी बनाउने बेलामा गुट र तथ्यहिन कुरा उछाल्नु गलत भएको उनले बताए । ‘म विवादित होइन, मलाई विवादमा पार्ने प्रयास गरिएको हो ।’–उनले भने ।
प्रदेश नं १ मा ६५ प्रतिशत परिणाम एमाले र माओवादी केन्द्रको पक्षमा आएको दावी गरे ।उनले पार्टीले त्यसको मूल्यांकन गरेको बताए । सकेसम्म सहमतिमा उम्मेदवार छनौट हुन्छ, नभए लोकतान्त्रिक प्रक्रियाबाट हुनने उनले बताए ।
“पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुन्छ तर लोकतान्त्रिक हुनुपर्छ” भनले भने । नचाइने कुरामा अलोकतान्त्रिक प्रतिस्पर्धाले पार्टीलाई फाइदा नपुग्ने उनको भनाई छ । पार्टीको उम्मेदवारलाई हराउने अभियानमा लागेको आरोपप्रति खण्डन गर्दै उनले त्यस्तो कल्पनासमेत गर्न नसकिने बताए । आफूविरुद्ध आएको आरोपमात्र रहेको तर्क गर्नुहुँदै उनले मिडियालाई तथ्यकुरा बुझेर लेखिदिन आग्रह गरेका छन् ।
प्रदेश नं। १ को मुख्यमन्त्रीकालागि नेता राईले पनि पहल गरिरहेका छन् । जनजातिको प्रतिनिधित्वकालागि पनि सो क्षेत्रमा मुख्यमन्त्री आफूले पाउनुपर्ने राईले दावी गरिरहे्का छन् । सो क्षेत्रमा मुख्यमन्त्रीको दावी एमाले नेता हिक्मत कार्कीले पनि गरिरहेका छन् ।
याे पनि पढ्नुहाेस् ।
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














