धरान / धरान उपमहानगरपालिका वडा नं ६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका वागी उम्मेदवार निवार्चित हुनु भएको छ । 

निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै भट्टराई निवार्चित हुनु भएको हो । भट्टराईले १८२० मत प्राप्त गर्नु भएको थियो । उहाँ प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गर्नु भयो । विजयी भट्टराई २०७४ मा एमालेका भुवनसिंह बस्नेतसँग पराजित हुनु भएको थियो । पार्टीले यस पटक टिकट नदिए पछि उहाँ स्वतन्त्र उम्मेद्वार बन्नु भएको थियो ।  नेपाली कांग्रेसले उठाएको उम्मेद्वार तेश्रो हुनु भएको छ । 

वडा सदस्यमा एमाले उम्मेदवार विजयी हुनु भएको छ । महिला सदस्य यशोदा सुवेदी १४४४, दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा १४२६, खुला सदस्यमा नारायण निरौला १५६७ र राजेन्द्र न्यौपाने १४१३ मत पाएर निवार्चित भएको निर्वाचन कार्यालयले जनाएको छ । 

यता वडा नं ५ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएका छन् । निर्वाचन अयोगले दिएको जानकारी अनुसार एमालेका वडाध्यक्षको उम्मेदवार मनकुमार लिम्बुले १६१५ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी  कांग्रेसका उम्मेदवार सन्तोषकुमार लिम्बुले १४५४ मत प्राप्त गर्नु भएको छ । 

वडा सदस्याहरुमा दलित महिला सदस्य शान्तामाया विकले १५ सय ९८ मत प्राप्त गरी विजयी हुनु भएको छ । खुल्ला महिला सदस्य सुनिता राईले १६२३ मत प्राप्त गर्नु भयो । खुल्ला सदस्यमा प्रेम बहादुर दाहालले १५५० र बिजय राईले १५२४ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । हालसम्म धरानमा एमालेले ३ वटा वडा, कांग्रेसले २ वटा र एक वडामा स्वातन्त्रले जीतेको छ ।