धरान / धरान उपमहानगरपालिका धरान वडा नम्बर ७ नेकपा एमालेका उम्मेदवार जीवन सुवेदी वडाध्यक्षमा विजयी हुनु भएको छ । 

निर्वाचन कार्यालय धरानले वडा नम्बर ७ को अन्तिम मत परिणाम सार्वजानिक गरेको छ । विजयी सुवेदीले ६७९ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका प्रत्यासी सुवर्णमोहन पालिखेले ५७२ मत प्राप्त गर्नु भएको छ ।  

जीवन सुवेदी २०५४ सालमा वडाध्यक्ष ०७४ को निर्वाचनमा वडासदस्यमा निर्वाचित हुनु भएको थियो । तत्कालिन वडाध्यक्ष भुवन मोक्तानको निधन भए पछि  सुवेदी ०७६ को उपनिर्वाचनमा पुन अध्यक्षमा एक मतले विजयी हुनु भएको थियो । उपनिर्वाचनमा पनि सुवर्णमोहन पालिखेलाई पराजित गर्नु भएको थियो । 

दलित महिला एमालेकी डे कुमारी विश्वकर्माले ६२४ मत र एमाले कै राजेश मोक्तान ५९३ प्राप्त गर्दै विजयी हुनु भएको छ । महिला सदस्यमा कांग्रेसबाट रमिता श्रेष्ठ ६२७ मत ल्याएर विजयी हुनु भएको छ । सुल्ला सदस्यमा कांग्रेस कै सुमिर बम्जनले ६०० मत प्राप्त गर्दै विजयी हुनु भएको छ । 

१७ हजार मत गणना गर्दा गठबन्धनको अग्रता कायमै 

धरान उपमहानगरपालिकामा १७ हजार ४ सय ९८ मत गणना सम्पन्न भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले मेयरमा ५१२१ मत प्राप्त गदैं अग्रता लिनु भएको छ । स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ४४५० मत प्राप्त गर्नु भएको छ । त्यस्तै गरी नेकपा एमालेकी मञ्जु भण्डारीले ४४३४ मत प्राप्त गर्नुभएको छ । 

उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ५७६० र नेकपा एमालेका पदमप्रसाद लिम्बूले ५३९९ मत प्राप्त गर्नु भएका छ । अहिले वडा नं १, २, ३, ४ र ७ नं वडाको मत गणना सम्पन्न भएको छ ।  ५, ६, ८ र ९ नं वडाको मत गणना भइरहेको छ । वडाध्यक्षहरुमा एमाले अगाडी छ ।