धरान  / स्थानीय तह निर्वाचन २०७९ मा एक परिवारका पाँच भाई मध्य ४भाई उम्मेद्वार बनेका थिए । चारभाई मध्ये तीन जना भने निर्वाचित हुननु भएको छ । 

धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट जीतेन्द्र रुम्दाली राई विजय िहुनु भयो । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतनत्रबाट ज्ञानेन्द्र रुम्दाली राई विजयी हुनु भएको छ । जनता समाजवादी बाट मानेभञ्ज्याङ गाउँपालिका वडा नं १ को अध्यक्षमा राजकुमार रुम्दाली राई विजयी हुनु भएको छ । भाई पालिका अध्यक्ष हुदा दाजु वडाध्यक्ष हुनु भएको छ ।  मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्ष पदमा उठ्नु भएका  कान्छा भाई दीपेन्द्र रुम्दाली राई भने परिाजित हुनु भएको छ । 

धनकुटाको साँगुरीगढी अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतेन्द्र रुम्दाली ५३९९ मत पाएर विजयी हुनु भएको हो ।  उहाँले नेकपा (एमाले) का कुमारजंग याक्खालाई ५७१ मतान्तरले पराजित गर्नु भएको थियो । 

ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा विजयी भएका ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र उम्‍मेदवारको हैसियतमा चुनाव चिह्न धारा चुनाव चिन्ह लिएर मैदानमा हुनुहुन्थ्यो । 

गत निर्वाचनमा उहाँ बागी उम्मेद्वार हुदा  कांग्रेसका उम्मेदवार पराजित भएका थिए। त्यसपछि पार्टीको कारबाहीमा परेका ज्ञानेन्द्रले यस पटक कांग्रेससँगै गठबन्धन गरेर उम्मेदवारी दिनु भएको थियो । ५०२१ मत पाएर एमालेका रूपलाल तामाङलाई १२०६ मतान्तरले पराजित गनुृ भएको छ । 

 उपाध्यक्ष पदमा ज्ञानेन्द्रकै कान्छा भार्इ दीपेन्द्र जसपाबाट उम्मेदवार हुनु भएको थियो । उहाँ २१७३ मतले पराजित हुनु भयो । 

मानेभञ्ज्याङ गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका राजकुमार रुम्दाली विजयी हुनु भयो । माओवादी केन्द्रका सुजन रुम्दालीलाई ४३ मतान्तरले पराजित गर्नु भयो । राजकुमार २०७४ मा पनि वडाध्यक्षमा विजयी हुनुहुन्थ्यो । 

रुम्दालीका पाँच दाजुभाइमध्ये सबै जना राजनीतिमा सक्रिय छन्। राजकुमार, जीतेन्द्र र ज्ञानेन्द्र कांग्रेसमा छन् भने धीरेन्द्र र दीपेन्द्र जसपामा आबद्ध हुनुहुन्छ । जीतेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्र पत्रकारितामा पनि सक्रिय हुनु हुनुहुन्छ ।