धरान / धरान उपमहानगरपालिकामा ६२७०४ मत खसेकोमा हालसम्म १३६४५ मत गनि सकिएको निर्वाचन कार्यलयले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले  झिनो मतान्तरले अग्रता कायम गर्नु भएको छ ।  

निर्वाचन कार्यालयले राती ८ः३० सम्म सम्मको दिएको जानकारी अनुसार  राईले ४१२२ मत प्राप्त गर्नु भएको छ । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३३३८ मत ल्याएर पछ्याइरहनु भएको छ ।  मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३३०८ मत प्राप्त गर्नु भएको छ । हाल ७ र ८ नं. वडाबाट उहाँले मत बढाइरहुन भएको छ । गठबन्धन र एमालेका उम्मेद्वारलाई स्वतन्त्रका साङपाङले चुनौती दिै आउनु भएको छ । आफुले गनण नगरेको वडााट अत्याधिक मत आएको उहाँले प्रतिक्रिया दिनु भएको छ । आफ्नो पटक क्षेत्र आउन बाँकी रहेको उहाँको भनाई छ । 

 यस्तै, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार आइन्द्रबिक्रम बेघाले ४५८१ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ ।   एमालेका उम्मेद्वार पदम लिम्बुले ४००३ मत ल्याउनु भएको छ ।  १ देनि ४ वटा वडाको नतिजा सार्वजनिक भएको छ । ५,६,७ र ८ नं. वडाको मत गणना जारी रहेको छ ।