धरान । धरान उपमहानगरपालिकाको विहान १०१४८ मत गणना हुदा गठबन्धनका कांग्रेस उम्मेद्वार किशोर राईले अग्रता कायमै राख्नु भएको छ । वडा नं. ४,५ र ६ का मत गणना गर्दा मतान्तर भने घटेको छ । 

आज विहानसम्म वडा नं।१, २, ३ र ४ नं वडाको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । 

मेयरमा कांग्रेसका किशोर राई ३३२२ मत ल्याउनु भएको छ ।  नेकपा एमालेकी मञ्जु भण्डारीले २५०३ मत प्राप्त गर्नु भएको छ ।  स्वतन्त उम्मेद्वार हर्क साम्पाङले २२९५ मत प्राप्त गर्नु भएको छ । यस अघि एमाले तेश्रो स्थानमा पच्छाइरहेको थियो । 

उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ३५९१ मत ल्याउनु भएको छ । नेकपा एमालेका पदम लिम्बुले ३००० मत ल्याउनु  भएको छ । लिम्बुले पनि मतान्तर घटाउनु भएको छ ।