धरान  / धरान उपमहानगरपालिका वडा नं.  ४ मा नेकपा(एमाले)को  प्यानल नै विजयी हुनु भएको छ । 

पछिल्लोमत परिणाम अनुसार वडाध्यक्षमा धनबहादुर राई, सदस्य(खुल्ला)  । राजेन्द्र राई, गोरशमान आले, महिला सदस्यमा मीना तामाङ र  दलित महिला सदस्यमा लिलामाया गहते विजयी हुनु भएको छ ।  राईले ८२६ मत प्राप्त गर्दा माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवारले ६१२ मत पाउनुभएको छ ।

एमालेका महिला सदस्यले ८२१, दलित महिला सदस्यले ८१३ खुल्ल सदस्य एउटा चिन्हमा ८०३ र दुईवटा चिन्हमा ७२४ मतले विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवाद केन्द्रका महिला सदस्यले ५५१, दलित महिला सदस्यले ५३६ र खुला सदस्य एउटा चिन्हमा ५८१ र दुईवटा चिन्हले ४५४ मत प्राप्त गर्नु भएको छ ।