इटहरी / इटहरी उपमहानगरपालिकामा गठबन्धनका कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेलको अगैता कायमै छ । उहाँले हालसम्म  ४१६८ मत प्राप्त गर्नु भएको छ । एमालेका यम सुब्बाले ३१५३ मत प्राप्त गर्नु भएको छ । शुरुवातीदेखि पौडेलको अग्रता कायम छ । यस्तै राप्रपाले पनि ४१७ मत प्राप्त गरेको छ । 

 उपमेयरमा गठबन्धनको तर्फबाट नेकपा समाजवादीका केशव विष्टले २५९७ मत पाउनु भएको छ । एमालेकी सरस्वति चौधरीले ३४८९ मत पाउनु भएको छ ।