भोजपुर  /  भोजपुुरको आमचोक गाउपालिकामा नेकपा माओबादी केन्द्रका उम्मेद्वार विजयीहुनु भएको छ । 

गाउँपालिका अध्यक्षमा अशोक राई र उपाध्यक्षमा सीता राई बिजयी हुनु भएको हो ।  अध्यक्षमा अशोक राई ३ हजार ६ सय ८५ मत  प्राप्त गरि बिजयी हुनु भएको छ । उहाँ प्रतिद्वन्ंद्वी  

एमालेका बसन्त राईले ३ हजार ५८ मत प्राप्त गर्नु भएको छ । कांग्रेससँग गठबन्धन गरेको एमालेलाई राईले ६२७ मतान्तरले पछि पारेर विजयी हुनु भएको छ । 

उपाध्यक्षमा माओबादी केन्द्रकी सीता राईले ३ हजार ५ सय ९१ मत ल्याई बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका छिरिङ शेर्पाले ३ हजार १ सय ८० मत ल्याउनु भएको छ । 

पूर्व मुख्यमन्त्री शेरधन राईको गृह पालिका आमचोकमा माओवादीले अध्यक्ष र उपाध्यक्ष सहित ६ वटा वडामा विजयी हासिल गरेको  छ ।   नेपाली काग्रेसले वडा नम्बर १ वासिङथर्पू र वडा नम्बर २ यूँ मा जित हासिल गरेको छ । नेकपा एमालेले भने वडा नम्बर ३ थिंदिन्खा र वडा नम्बर ४ बालंखा जितेको छ । 

एमालेले कांग्रेससँग गठबन्धन गरेको थियो । माओवदी एक्लै चुनाव लडेको थियो । अशोक र सीताले २०७४ को निर्वाचनमा पनि विजयी हासिल गर्नु भएको थियो । 

याे पनि पढाै‌:

आमचाेक विकासकाे राेल माेडल अशाेक राई

आफ्नाे सुविधा छाडेर एम्बुलेन्स किन्ने यि गाउँपालिका प्रमुख