धरान  /  भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता लिनु भएको छ । मत परिणमअनुसार उहाँले २ हजार ६९३ मत पाउनु भएको छ । 

माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेनु भएको छ । सुवेदी र दाहालबीच १४ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत ल्याउनु भएको छ । 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २ हजार ९५३ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाका हिमला गुरुङले २ हजार १६२ मत ल्याएर अधिकारीलाई पछ्याइए रहनुभएकाे छ ।