धरान / धरान उपमहानगरपालिकाको कुल ७ हजार ६ मतको गणना गर्दा गठबन्धनको अग्रता कायम रहेको छ । ४,५ र ६ नं. वडाको मत गणना गर्दा एमालेले आफ्नो मतान्तर घटाउदैं लगेको छ ।  

मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४५३ मत प्राप्त गर्नु भएको छ । मेयरमा दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ १६९४ मत प्राप्त गनुृ भएको छ ।  

एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले स्वतन्त्र उम्मेद्वार साम्पाङसँगको मतान्तर घटाउदै लानु भएको छ । भण्डारीले १५३८ मत प्राप्त गर्नु भएको छ । साम्पाङ र भण्डारीबीच १५६ मतको अन्तर छ । १,२ र ३ नं. वडाको गणना गर्दा फराकिलो मतान्तर थियो ।

 उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २६०२ मतसहित अगाडि रहनु भएको छ । एमालेका उम्मेद्वार पदम इस्वो १८९३ मत प्राप्त गर्नु भएको छ । 

तीन वटा वडाकोमत परिणाम सार्वजनिक भइसकेको छ । १ नं. वडामा नेपाली कांग्रेसका यज्ञमणीआचार्यसहित गठबन्धनको प्यानल नै विजयी हुनु भएको छ । २ नं.मा एमालेका रमेश राइृले जित्नु भएको छ । ३नं. मा कांग्रेसका विद्या शाक्य प्यानल नै विजयी हुनु भएको छ । ४,५ र ६ मा गणना जारी छ । एमालेले झिनो मतले अग्रता लिएको छ ।