धरान / धरान उपमहानगरपालिका वडा नं. ३ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका विद्या शाक्य विजयी हुनु भएको छ 

३ नं. को अन्तिम मत परिणाम अनुसार उहाँले १०४२ ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुयोग पाख्रिनले ६२५ मत प्राप्त गर्नु भएको छ । अन्य सदस्यहरुमा पनि गठबन्धनका उम्मेद्वारहरु विजयी भएका छन् ।  महिला सदस्यमा उषा लिम्बुले १०४२ मत ल्याएर विजयी हुनु भएको छ । यस्तै दलित महिला सदस्यमा शोभा विश्वकर्माले १०८३ मत ल्याइ विजयी हुनु भएको छ । खुल्ला सदस्यमा मनिष खडेगी र मिङमा भोटे विजयी हुनु भएको छ । 

३ नं. वडामा २०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।  ३ न‍‍ वडाबाट मेयरमा एमालेकी मञ्जु भण्डारीले ४०७ मत, का‌ग्रेसका किशोर राईले  ७२० मत र हर्क साङपाङले ५१४ मत पाउनु भएको छ।