धरान / सुनसरीको इटहरी उपमहानगरपालिकामा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता लिनु भएको छ । ४९७८ मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसका उम्मेद्वार हेमकर्ण पौडेल २३४१ मतसहित अगाडि हुनुहुन्छ । 

एमालेका यामकुमार सुब्बाले १८ सय २५ मत प्राप्त गर्नु भएको छ । 

उपमेयरमा भने एमालेले गठबन्धनलाई उछिनेको छ । उपमेयरमा एमालेकी संगीता कुमारी चौधरीले १९ सय ६५ मतसहित अगाडि हुनुहुन्छ ।  गठबन्धनका साझा उम्मेदवार नेकपा (एस) का केशवकुमार विष्टलले १५ सय १७ मत ल्याउनु भएको छ । 

इटहरीमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारले जित हासिल गरेका थिए ।