धरान  / भोजपुरको आमचोक गाउँपालकामा माओवादी केन्द्रका अशोक राईले अग्रता लिनु भएको छ । माओवादी केन्द्रको १७२० मत प्राप्त भएको छ । एमालेका बसन्त राईको  १२९५ मत रहेको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी सीता राईको  १०२२ मत रहेको छ । नेपाली कांग्रेसका छिरिङ शेर्पाको  १०६७  रहेकोछ । आमोचोकमा एमाले र कांग्रेसको गठबन्धन रहेको छ । 

वडाध्यक्ष वडा नं.  १  मा  नेपाली कांग्रेसका निम्नुरी शेर्पा ४१६ मत ल्याएर निर्वाचित हुनु भएको छ । माओवादी केन्द्रका उमेश राईले १६२ मत मात्र प्राप्त गनुृ भयो । यस्तै २ नं. वडामा कांग्रेसका रामबहादुर खडकाले ३५६ मत ल्याएर निर्बाचित हुनु भएको छ । माओवादीका  राजिनकुमार राईले  ३४६ मत ल्यानु भयो । १० मतले उहाँ पराजित हुुन भयो । 

यस्तै ९ र १०नं. वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।  ९ नं. मा  रोशन मगर ६३२मत ल्याएर विजयी हुनु भयो ।  १० नं. वडामा बालदिप राईले ५६५ मत ल्याएर विजयी हुनु भएको छ ।