धरान 

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ७२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याउनु भएको छ । 

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८ मत ल्याउनु भएको छ । पाँचदलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ७१९ मत  ल्याउनुभएको छ ।  

वडा नम्बर १, २, ३, ४  र ३२ नम्बरको मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।  

स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहनु भएको छ । 

स्वतनत्र उम्मेद्वार वालेन र धरानको हर्क साङपाङको देश भरी चर्चा छ । हर्क साङपाङ गठबन्धनका उम्मेद्वारलाई पछ्याउैं दोश्रो स्थानमा हुनुहुन्छ । 

धरानमा ३५ सय मत गणना गर्दा मेयरमा गठबन्धनका किशोर अग्रस्थानमा हुनुहुन्छ ।  उहाँले १३४० प्राप्त गर्नु भएको छ । स्वातन्त्रका उम्मेद्वार हर्क साङपाङले ९२२ प्राप्त गर्नु भएको छ । एमालेकी मञ्जु भण्डारीले ७०६ मत प्राप्त गर्नु भएको छ ।