भोजपुर  / भोजपुरको आमचोक गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका निम्नुरी शेर्पा वडाध्यक्षमा विजयी हुनु भएको छ । 

उहाँले ४१६ मत ल्याई विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेद्वारले १६२ मत मात्र प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा प्यानलै विजयी भएका छन् । पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा एमालेबाट बसन्त राईको ३२८, माओवादी केन्द्रको अशोक राईको २०१, उपाध्यक्षमा कांग्रेसबाट छिरिङ शेर्पाले ४०३, माओवादी केन्द्रकी सीता राईले १६० मत प्राप्त गर्नु भएको छ । 

१ नं. वडामा जम्मा  ६१६ मत खसेको थियो । आमचोक गाउँपालिकामा ७५०३ मत खसेको छ ।