धरान  / सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहान ८ देखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ।  मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । 

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । 

यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धारण हुने छ ।

यस्तै  पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा पनि आज बिहानदेखि नै मतगणनाको तयारी भएको छ । 

यस्तै धरान र इटहरी उपमहानगरपालिकामा पनि विहान ८ बजेदेखि मत गणना शुरु गर्ने निर्णय गरेको छ । सबै महानगर र उपमहानगरमा ८ बजेबाट शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।