धरान ।  धरान उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण उत्साहसाथ भएकोमा नेकपा एमाले निर्वाचन परिचालन कमिटील धरानले सबैपक्षलाई धन्यवाद ज्ञापन गरेको छ । 

नेकपा एमालेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै सम्बन्धित सबै पक्षलाई धन्यवाद व्यक्त गरेको हो । निर्वाचन परिचालन कमिटिका सयोजक मुरारी सुबेदीले शुक्रबारविज्ञप्ती जारी गर्दै धरान उपमहानगरपालिका क्षेत्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनु भएको छ । 

‘उत्साहप्रद रुपमा मतदानमा सहभागी सम्पूर्ण मतदाताहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ । निर्वाचनलाई शान्तिपूर्ण तथा मर्यादित रुपमा सम्पन्न गर्न खटिनु भएका निर्वाचन अधिकृत तथा विभिन्न तह र जिम्मेवारीका सम्पूर्ण कर्मचारी, स्वयम सेवक, नेपाल प्रहरी, नेपाली सेना, निर्वाचन पर्यवेक्षकहरु, सञ्चारकर्मी लगायत सम्पूर्ण राजनीतिक दलका नेता कार्यकर्ता, स्वतन्त्र उम्मेदवार लगायतलाई धन्यवाद व्यक्त गर्दछौं ।’–उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

निर्वाचनमा खटिने पार्टीका नेता, कार्यकर्ता, विभिन्न राजनीतिक दलहरु सबैको अभियानले शान्तिपूर्ण निर्वाचन भएको एमालेले जनाएको छ ।