काठमाडौं  / निर्वाचन आयोगले शुक्रबार मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत  मतदान सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छिटफुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको बताउनु भएको छ ।  

७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको आयोगको भनाइ छ ।

८ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध 

 विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो । 

ती स्थानमा पुनः मतदानको कार्य सुरु गर्न प्रयास भइरहेको छ ।  धरानको ६ नं. वडामा पनि विवादका कारण आधा घण्टा मतदान अवरुद्ध भएो थियो । त्यहाँ खटेका एक कर्मचार िर एक प्रहरी अधिकृतले स्वतन्त्र उम्मेद्वारको पक्षपोषण गरे पछि विवाद भएको बताइएको छ । कर्मचारी हिरा खत्रलिे स्वतन्त्र  उम्मेद्वार भूपेन्द्र भट्टराईका पक्ष पोषण गरेको आरोप लागेको छ । उहाँलाई त्यहाँबाट हटाइए पछि पुन मतदान शुरु भएको छ । 

आज सम्पन्न हुने मतदानको नतिजा एक साता भित्र सार्वजनिक गर्ने गरि तयारी गरिएको आयोगले जनाएको छ ।