धरान  / देश भरका स्थानीय तहको निर्वाचनको मतदान विहानैदेखि शुरु भएको छ । विहानै उठेर मतान गर्न मतदाताहरु लाइनमा बसेका छन् । 

धरानको १७ नं. वडामा एमालेबाट वडाध्यक्षकी उम्मेद्वार कल्पना शेर्पाले मतदान गर्नु भएको छ ।स्थानीय मतदाताहरु मत खसाल्न लाइन लागेर बस्नु भएको छ । धरानका सबै मतदान केन्द्रमा विहानै मतदाताहरु उत्साहका साथ मतदान गर्न लाइनमा बस्नु भएको छ । धरानमा १ लाख ३ हजार मतदाताहरु रहेका छन् । 


आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।