धरान । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । 

सुनसरी प्रशासनले बिहिबार० राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरी नै निषेध आदेश जारी गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नं ३, दुहबी नगरपालिकाको वडा नं १, ८ र ९ मा पनि उक्त आदेश जारी गरेको छ । इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेध आदेश जारी गरेको छ । 

 धरानका भने कुनै पनि वडाहरुलाई निषेध आदेश गरेको छैन् । तर धरानका केही वडा विशेष गरेर मतदाताहरुलाई प्रभाव पार्न सक्ने वडा नं. ५, १४, १७ लगायत वडा रहेका छन् । ती वडाहरुलाई प्रशासनले कुनै निषेध आदेश जारी गरेन् । 

मतदानको ४८ घण्टा अघिदेखि नै देशभर मौन अवधि लागु भएको छ । मौन अवधिमा राजनीतिक दल, उम्मेद्वार वा कसैले पनि चुनावी प्रचारप्रसार गर्न, मतदातालाई प्रभावित पार्ने गतिविधि, भेलाहरु गर्न पाइदैन । तर, यही अवधिमा राती राती मतदाताहरुलाई प्रभावित पार्ने गरि राजनीतिक दलहरु सक्रिय भएको छ । वडा नंं ५ मा  दोहोरो झडप हुने सम्भावना पनि उतिकै छ । बुधबार राती माथिल्लो देउराली, देविगाउँलगायतको क्षेत्रमा युवाहरुको चहलपलह बढेको थियो । 

स्थानीय मतदाताहरु ५ नं. वडामा त्रासमा रहेको बताउँछन्र । नेपाली कांग्रेसको उम्मेद्वारले आफुहरुलाई प्रलोभनमा पार्ने गरेको र आफुले हारे चुनाव पछि चुक्ता गर्न आउने सम्मका धम्कि दिने गरेको मतदाताहरुको गुनासो छ । 

कांग्रेसका उम्मेदवारहरुले वडाका मतदाताका घरमा पुगेर चामल र पैसा वितरण गरेको र चामल र पैसा लिन अस्विकार गर्नेलाई कांग्रेसका नेता कार्यकर्ताले धम्कि दिएर जबरजस्ती लिन बल प्रयोग गरेको एक स्थानीयले बताउनु भयो । 

‘चामल, पैसा लिएपछि भोट नहालेमा र कांग्रेसका उम्मेदवार पराजित भएमा ठिक नहुने भन्दै धम्कि दिदं आएका छन् । यहाँका मतदाता मानसिक तनावमा छन् । सुरक्षा व्यवस्था एकदम फितलो छ ।’–स्थानीय एक नेताले भन्नु भयो–‘यहाँका अवस्था अन्य वडाजस्तो र पार्टी, प्रशासनले सोचे भन्दा फरक छ । माथिल्लो देउराली, देविगाउँमा थप सुरक्षाकर्मीको आवश्यकता छ ।’

उनीहरु आफ्नो नाम समेत मिडियहरुलाई बताउन चाहदैंनन् । जसले सूचना दियो यही व्यक्ति कांग्रेसबाट उम्मेद्वार बनेकाबाट निशाना बन्ने डर हुने बताउँनु हुन्छ ।  ‘यस्तो भयभित अवस्थामा हामी कसरी मतदान गर्ने ।’–धरान–५ माथिल्लो देउरालीमा भेटिएका एक स्थानीयले भन्नु भयो–‘ हाम्रो वडा असुरक्षित छ । प्रशासनले ध्यान पु¥याउन प¥यो ।’  

प्रहरी परिचालनको विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले ५ नं. वडा अति संवेदनशिल भएकोले बरिष्ठ नायव निरिक्षकको कमाण्डमा टोली खटाएको बताउनुभयो । उहाँले तुरुन्तै टोली परिचालन गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्ने बताउनुभयो । आज रातीलाई ५ नं. वडामा व्यापक प्रहरी परिचालन गरिने उहाँले बताउनु भयो । त्यस्ता अराजक गतिविधी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गरिने डिएसपी श्रेष्ठले बताउनु भयो ।