धरान / प्रेस चौतारी नेपाल धरान उपमहानगर कार्यसमिति धरानले यही बैशाख ३० गते हुने निर्वाचन भयरहित र निस्पक्ष बनाउन धरानका २० वटै वडामा अनुगमनका लागि पत्रकारहरुलाई खटाएको छ । 

मौन अवधीमा मतदातालाई प्रभाव नपारुन र भयरहित वातावरणमा निर्वाचन गर्न सहयोगका लागि सबै वडाहरुमा अनुगमन गर्न खटाएको हो ।

बुधबार समितिको उपलब्द पदाधिकारी, सदस्यहरुको उपस्थितिमा बैठक बसी क्रियाशिल पत्रकारहरुलाई अनुगमनमा खटाइएको प्रेस चौतारी नेपाल धरानका अध्यक्ष रोशन दाहालले जानकारी दिनु भयो । 

आज मौन अवधीका समयमा मतदाताहरुलाई दलहरुले प्रभावमा पार्न सक्छन् । ‘दलका नेताहरुले दवाव र प्रभावमा कुनै मतदाताहरुलाई प्रभावित नपारुन र मतदाताहरुले स्वतन्त्र रुपमा आफ्ना अधिकार प्रयोग गर्न पाउनु पर्छ ।’–प्रेस चौतारी नेपाल धरानकी इञ्चार्ज सन्जु राईले भनिन–‘आज र भोली सबै वडाहरुमा साथीहरुले निगरानी राख्नु हुने छ ।’ 

केही वडाहरुमा दलका उम्मेद्वारहरुले मतदाताहरुलाई पैसा बाढेर, धाक धम्की दिएर आफ्नो प्रभावमा पार्ने गरेको सूचना आएको अध्यक्ष दाहालले बताउनु भयो । यस्ता गतिविधी रोक्न चौतारीलेले भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो ।