धरान । गठबन्धनबाट धरानकाृ मेयरका उम्मेद्वार किशोर राईमाथी अविश्वास पैदा भएको छ ।  मेयरका उम्मेदवार किशोर राईलाई अविश्वास गर्दै सार्वजनिक मन्तव्य पनि लिखित दिने व्यवस्था मिलाइएको गठबन्धन श्रोतले बताएको छ । मेयरका उम्मेदवार किशोर राईले सर्वाजनिक रुपमा बोल्दा विवाद हुने देखिए पछि गठबन्धन दल भित्रबाट उहाँलाई सार्वजनिक भाषण लिखित व्यवस्था गरिएकोे नेकपा माओवादी केन्द्रका एक नेताले बताउनु भयो । 

केही दिन अघि प्राइम टाइम्स टेलिभिजनले धरानमा आयोजना गरेको उम्म्द्वारसँगको छलफलमा किशोर राईले बोलेको विषय विवादीत भएको थियो । उहाँले बोलेको विषय सामाजिक सञ्जालमा भाइरलसमेत भएको थियो ।

आफ्नै पार्टीका मेयर तिलक राईको ‘सखुवा रुख काण्डा’को विषयमा उम्मेद्वार राईले मेयर विवादीत भएकै कारण मेयरको टिकट तिलक राईले नपाएको भने अभिव्यक्ति दिनुभएको थियो । राईले प्रश्नकर्ताहरुसँग आवेगमा आएर ‘भोट दिन मन लागे दिनु नलागे नदिनु’ भनेर बोल्नु भएको थियो । राईका यि अभिव्यक्ति पछि गठबन्धनको धरानमा क्रेज ह्यातै घटेको थियो ।  राईले जताभावी बोल्ने भयले लिखित भाषण पढ्न दिएको एक नेताले बताउनु भएको छ । 

आज बामगठबन्धनले धरानको भानुचोकमा आयोजना गरेको चुनावी सभामा राईले ‘लेखिएको भाषण’ बाचन गर्नुभएको थियो । तर माओवादी केन्द्रबाट उपमेयरका उम्मेद्वार आइन्द्र विक्रम बेघाले भने नलेखि भाषण गर्नु भएको थियो ।  

यता निर्वाचन परिचालन कमिटीका संयोजक सुजेन्द्र तामाङले दुवै उम्मेद्वारलाई लिखित भाषण गर्ने तय भएको बताउनु भयो । अन्य कुनै कारण नभएको तामाङले बताउनु भयो ।