धरान । निर्वाचन आयोगले शैक्षिक क्षेत्रमा चुनावी गतिविधि हुन नदिने आचारसंहित बनाए पनि आफैले आचारसंहिता उल्लंघन गरेको् पाइएको छ । 

आयोगले निर्वाचन आयोगको कार्यालय नै विद्यालय क्षेत्रभित्र राख्ने लगायतका कुराहरु गरेको पाइएको जनाएको छ ।

आयोगले प्रदेश नं १ का तीन जिल्ला अनुगमनमा दलहरुले गरेको आचार संहिता उलंघनका घटनाबारे मौन बसेको पाइएको बताएको छ । 

धरानको नवयुग होटलमा आयोग र सञ्चारकर्मीहरुको अन्तरक्रियाका क्रममा आयोगका पदाधिकारीहरुले दलहरुले बारम्बार आचारसंहिता उल्लंघन गरे पनि निर्वाचन आयोगले भने आखा चिम्लेर बसेको पाइएको जानकारी दिएको हो ।

आयोगकी सदस्य लिली थापाले निर्वाचन आयोगले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको बताउनु भएको छ ।  धरानमा समेत विद्यालयको भवनमा निर्वाचन कार्यालय रहेको उल्लेख गर्दै पालना गर्ने निकायले नै निर्वाचन आचारसंहिताको धज्जी उडाउने काम गरेको र यसको आयोगको ध्यानाकर्षण भएको उहाँले बताउन ुभयो । 

विगतको तुलनामा दलहरुले आचारसंहिता उल्लंघन गर्ने क्रम केही घटेको पाइए पनि पूर्ण रुपमा पालना भने भएको नपाइएको बताउनु भयो । 

यस्तै आयोगकी अनुगमन महाशाखा प्रमुख मञ्जु खतिवडाले आयोगले सातवटै प्रदेशमा अनुगमन गरेर निर्वाचन आयोगलाई यस विषयमा प्रतिबेदन बुझाउने बताउनु भयो । उहाँले भन्नु भयो–‘दलहरुले उल्लंघन गरेको आचारसंहितासहित दलहरुले जनप्रतिनिधिमाा उठाएका उमेदवारीका लैङिक समानता लगायतका कुरालाई पनि हामीले हेरेका छौं, सातै प्रदेशमा हाम्रा मान्छेहरु खटिएका छन्, सबै प्रदेशबाट संकलन भएको कुरा समेटेर हामी निर्वाचन आयोगलाई प्रतिवेदन दिन्छौं, आयोगलाई आचारसंहिता पालना नहुनुको कारणबारे स्पष्टीकरण सोध्छौं ।’

आयोगले सुनसरीका पत्रकारहरुसँग सुनसरीका स्थानीय तहमा भएका चुनावी गतिविधीबारे जानकारी लिएको छ ।