धरान / धरान १३ मा स्थिति राई टोलका  भुमिहिन सुकुम्बासीमा बस्तिका ६४ घर परिवार सुकुम्बासी रहेका छन । झण्डै २० बर्ष पछि २०७४ सालमा स्थानीय  सरकार आई सकेपछि उपमहानगरपालिकाको पहिलो निर्णय अव्यवस्थित  बस्ती तथा भुमिहिन सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने थियो । सोही निर्णय अनुसार एमालेबाट चुनाव जितेका तत्कालिन मेयर स्व. तारा सुब्वाले तत्कालै निर्णय कार्यन्वयन गर्नु भएको थियो । मेयर सुब्वा र तत्कालिन उपमेयर मञ्जु भण्डारीले धरान–१३ स्थित राई टोलमा घर नं. वितरण गरिएको थियो । २० हजार भन्दा बढी सुकुम्वासी रहेको धरानमा यही टोलबाट घर नं. वितरण शुरु गरिएको थियो । 

भुमिहिन सुकुम्बासीलाई घर नम्बर वितरण गर्ने नेपालकै पहिलो उपमानगरपालिकामा धरान पर्छ । त्यहि समयमा अव्यवस्थित भुमिहिन समितिको कार्य विधि निर्माण गरि सो कार्यबाट घर नम्बर वितरण गरिएको छ ।  धरानमा एमाले नेतृत्वको स्थानीय सरकारले सुकुम्वासीलाई व्यवस्थापनको काम शुरु गरे पनि कांग्रेसको नेतृत्व आए पछि रोकिएको व्यवस्थित बसोबास तथा भुमिहीन सुकुम्बासी व्यवस्थापन समितिका उपाध्यक्ष  हरि कार्कीले बताउनु भयो । 

धरान १३ सुकुम्बासी बस्ति राई टोलका पहिलो घर नम्बर पाउने भाग्यमानी मनबहादुर राई भएका छन् । घर नं. पाए पछि पानी, बिजुलीबति जोडदा कुनै कामका लागि  उपमहानगरपालिका जादा, वडा समिति जादा घर नम्बरले सहज भएको राई बताउनु हुन्छ ।  पूर्जा पाउने आश गरेको धेरै भयो तर नपाइएको उहाँले बताउनु भयो । 

भुमिहिन सुकुम्बासी समितिका सदस्य सीता मगरको अनुसार मेयर तारा सुब्बाको  कार्यकाल पहिलो पल्ट राई होल बस्तिका ३० घरले घर नम्बर पाए पछि आफ्न वासको सुरक्षा भएको अनुभुती भएको र सरकारको  सेवा सुविधा उपभोग गर्न पाएको बताउनु हुन्छ ।               न घर नम्बरको आधारमा हामिले तिरको कर बापत हामीले सरकार बाट पाउने सेवा सुविदा पाएको बताईन ।  अब स्थानिय निर्वाचन पछि आउने सरकार  जनप्रतिनिधिले सबैभन्दा पहिले सुकुम्बासीलाई लाल पुर्जा  वितरण, शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टि गर्न उहाँले माग गर्नु भएको छ । 

नेकपा एमालेको उपमेयरका उम्मेद्वार पदम लिम्बुले उपमहानगरमा जिते पछि पहिलो प्राथमिकता धरानमा भएको सुकुम्वासीहरुको व्यवस्थापनमा हुने बताउनु भयो । ‘हामीले थालेको अभियान पुरा गर्न पाएका र्छैनौ । एमाले नेतृत्व आउने वितिकै हामी प्राथमिकतामा यहाँका सुकुम्वासी व्यवस्थापन हुने छ ।’–उपमेयरका उम्मेद्वार लिम्बुले भन्नु भयो । 

धरानमा १३, ११, १७, ८, १५ लगायत वडामा बढि सुकुम्वासीहरु रहेका छन् । हालसम्म ५ हजार ३४ जनलाई घर नं. वितरण गरिउको कोषध्यक्ष कार्कीले बताउनु भयो । घर नं. वितरणले उहाँहरुको बसोवासमा सुनिश्चिता भएको छ । कसैको स्वामित्व बाहेको क्षेत्रमा बसोवास गर्ने सबै सुकुम्वासीहरुलाई घर नं. वितरण गर्ने योजना रहेको काकीैले बताउनु भयो ।