धरान । विभिन्न पार्टी परित्याग गरी धरानका १ स ५९  जना युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् । 

आज धरानमा भएको चुनावी आमसभामा नेपाली काग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलि लगायत केन्द्रिय नेताहरुले स्वागत गर्नु भएकाे छ । 

धरानका युवा व्यवसायी तथा मारवाही समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । एमाले धरान वडा नम्बर ९ का सह इन्चार्ज विकाश भाटीको पहलमा युवा व्यवसायी श्याम सोनीको नेतृत्वमा मारवाडी समुदायका युवाहरु एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा वडा नम्बर १, २, ३ का युवा व्यवसायी, वडा नम्बर ८ का स्थानीय, वडा नम्बर १५ का युवाहरु पार्टी प्रवेश गरेका हुन् । काग्रेस, माओवादी लगायतका पार्टीले धरानको विकाशमा काम गर्न नसकेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । युवाहरुको नेतृत्व एमालेले नै गर्ने भएकाले पार्टी प्रवेश गरेको उनीहरुको भनाई छ । सभामा एमालेकाे पक्षमा जनलहर चलेकाे बताउदै अध्यक्ष आेलीले धरानकाे समग्र विकासका लागि एमालेका मेयरका उम्मेद्वार मञ्जु भण्डारी, उपमेयर पदम लिम्बुलाशई जिताउन धराने जनतालाई आग्रह गर्नु भएकाे छ ।