धरान / आज नेकपा (एमाले) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको चुनावी सभालाई सम्बोधन गर्न सुनसरी आउदैं हुनुहुन्छ , 

 बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको माहौल बनाउने क्रममा सुनसरीको धरान र इहटरीमा आज हुने चुनावीमा भाग लिन अध्यक्ष ओली सुनसरी आउने नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन परिचालन कमिटी धरान संयोजक मुरारी सुवेदीले जानकारी दिनु भयो । 

 एमालेले आज इटहरीको जनता स्कुल मैदानमा विहान १० बजे र धरानको भानुचोकमा मध्यान्न १२ सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । धरानकाे कार्यक्रम सकेर सुन्दरहरैचा र  विराटनगरकाे कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ । 

 यसअघि बैशाख २७ गते सभा गर्ने एमालेको तयारी थियो । तर, पार्टी अध्यक्ष ओलीको समय २४ गते मात्र मिल्ने भएपछि सभा ३ दिनअघि सारिएको हो । एमालेका धरानका मेयरका उम्मेद्वार मञ्जु भण्डारी र उपमेयरका उम्मेद्वार पदम लिम्बु यस्तै इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेद्वार यमकुमार सुब्बा र उपमेयरकी उम्मेद्वार संगिता चौधरीको पक्षमा माहौल बनाउन अध्यक्ष स्वय उपस्थिति जनाएको एमालेले जनाएको छ । 

स्थानीय तहमा एमालेको पक्षमा जनलहर बनिरहेको बेला पार्टी अध्यक्षले स्थानीय क्षेत्रमा भएका समस्या र यहाँको विकास निर्माण पूर्वाधर विकासका विषय प्रतिवद्धता जनाउनु हुने छ ।