धरान / उमेरले ८४ बर्ष नागेका धरान– २० विष्णुपादुकाका  ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । 

पञ्चायतकालदेखि नै मतदान गर्दै आउनु भएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता–कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको उहाँको गुनासो छ । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि विर्सने गरेको उहाँले तितो अनुभव सुनाउनु भयो । ‘एउटा चुनाव एउटा बाचा गर्छन र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।’–विष्णुपादुकामा भेटिनु भएका राईले भन्नु भयो ।

पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उहाँले मत खसाल्नु भएको थियो । सडक नजिक घर भएका राईले विगत २०५१ सालदेखि धुलो खादैं बसेको स्मरण गराउनु भयो । उहाँले आज भोट माग्दैं विष्णुपादुका पुग्नु भएका नेकपा एमालेको तर्फबाट मेयरका उम्मेद्वार मञ्जु भण्डारी, उपमेयरका उम्मेद्वार पदम लिम्बु र वडाध्यक्षका उम्मेद्वार महाशेर राईलाई विन्ती पनि राख्नु भयो । यहाँका नागरिकले भोगेका समस्या समाधान गर्न उहाँले सुझाउनु भएको छ ।  एमालेको ९ महिने शासनकालमा मनमोहन अधिकारीले शिलान्यास गरेको मंगलबारे–विष्णुपादुका सडक यतिका बर्षसम्म पिस हुन सकेको छैन् । सडक किनारका व्यक्तिहरुले उठाउँदै आएका मुद्दा समाधान गर्न स्थानीयको माग रहेको छ । 

चुनावप्रति नै वितिक्ष्णा जागेको बेला आज मेयर उपमेयर मञ्जु र पदमको उपस्थितिमा  यहाँका समस्या समाधानमा प्रतिवद्धता जनाए पछि चुनावमा भाग लिन उत्साह पलाएको उहाँ बताउनु हुन्छ ।  त्यस्तै अर्का स्थानीय रविन्द्र कार्कीको भनाई पनि अन्य स्थानीयको जस्तै रहेको छ । वडामा राम्रो सडक सञ्जाल र बेला बेलामा माथल्लो भेगमा खानेपानीको समस्या रहेको उहाँले उम्मेद्वारलाई सुनाउनु भयो ।  

यता २० नं वडाध्यक्षका उम्मद्वार महाशेर राईले पनि वडामा खानेपानी र कालेपात्रे सडकको अभाव रहेकोले यसलाई संघ प्रदेश र नगरपालिकासँग समन्वय गरेर जित पछि पहिलो प्राथमिकतामा राख्नु प्रतिवद्धता जनाउनु भएको थियो ।  

‘यहाँको समस्या म आफै भोगि रहेको छु । यो वडा बत्तिमुनीको अध्यारो भएको छ । मैले जिते पछि सडक सुधार, कृषी आधुनिकरण, अदुवा बेसारको बजारीकरणको व्यवस्थापन मेरो पहिलो प्राथमिकता हुने छ ।’–राईले भन्नु भयो–‘ आफूले समेत त्यो समस्या भोगेको बताउँदै उहाँले आफू निर्वाचित भएर एमालेको नेतृत्वको टिमले भञ्ज्याङ चौकसम्म कालोपत्रे सडक निमार्ण गर्ने प्रतिब्द्धता म जनाउछु ।’ 

No description available.

मेयरका उम्मेद्वार मञ्जु भण्डारीले कोका खोलामा पक्की पुल, सडक पिच, कृषीमा आधुनिकरण, कृषकलाई मल विउविजनको व्यवस्था तथा धरान –२० लाई पर्यटकीय ग्राम बनाउन पूर्वाधार विकास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । यस्तै उपमेयरका उम्मेद्वार पदम लिम्बुको एमालेको सिफारिसमा धरान उपमहानगरपालिकाले २० नं. वडालाई पर्यटकीय ग्राम घोषणा गरेको बताउनु भयो । घोषणा गरे पनि उपमहानगरमा कांग्रेसको नेतृत्व र वडामा एमालेको नेतृत्व हुदा पूर्वाधार विकासका लागि मेयरले कुनै बजेट नदिएकाले पूर्वाधार विकास हुन नसकेको उहाँले बताउनु भयो । ‘बैशाख ३० पछि धरानका सबै वडामा एमालेको नेतृत्व आउने छ । २० नं.मा पनि एमालेको नेतृत्व हुने छ । हामी यहाँको पूर्वाधार विकासदेखि लिएर कृषकका समस्या समाधान गर्ने छौं ।’–लिम्बुले भन्नु भयो । 

२० नं. वडा धार्मिक पर्यटकीय सम्भावना भएको वडा हो , यहाँ कृषी पर्यटनको पनि उतिकै सम्भावना छ । यि सबै पूर्वाधार विकास एमालेको नेतृत्वको सरकारबाट मात्र सम्भव भएको हालका वडाध्यक्ष मणीराम राईले बताउनु भयो । 

विष्णुपादुमा ५ हजार भन्दा बढि जनसंख्या रहेको छ ।  ८ सय ५० घरधुरीको बसोवास छ भने मतदाता संखया ३ हजार ६४५ रहेको छ । विष्णुपादुका एमालेको किल्लाको रुपमा मानिदैं आएको छ ।