फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार सप्तकोसी नगरपालिका वडा न ५ मा पत्रकार सम्मेलनको आयोजना गरी नेकपा एमालेबाट नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार उत्तमकुमार शर्माले आफ्नो पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । 

नेकपा एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा शिक्षाको गुणस्तरमा वृद्धि गरि नगरपालिकाका भरिका सबै सामुदायिक बिद्यालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरि प्राविधिक शिक्षालयको स्थापना गर्ने, शिक्षालाइ रोजगार मुखि बनाउने, निर्बाचित जनप्रतिनिधिहरुले पाउने सेबासुबिधाबाट नगर भरिका गरिब जेहन्दार विद्यार्थीहरुलाइ निशुल्क शिक्षा प्रदान गर्न निशुल्क शिक्षा कोषको स्थापना गर्ने, विद्यालयमा अध्यनरत किशोरी हरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने, ७० बर्ष माथिका जेष्ठ नागरिकलाइ प्रत्येक ३÷३ महिनामा घरदैलोमा गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने , नगर भित्र रहेको स्वास्थ्य चौकी लाई स्तरोन्नति गरि नगर अस्पताल बनाई आकस्मिकसहितको स्वास्थ्य सेबा प्रदान गर्ने ११ न वडा मा सर्पदङ्स उपचार केन्द्र सन्चालन गर्ने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, नगर भित्रको स्वास्थ्य सस्था मा सुत्केरी हुन नसकेर धरान बिराटनगर लानु परेमा निशुल्क एम्बुलेन्स सेबा उपलब्ध गराउने ,बजार क्षेत्र तथा अति संबेदनसिल स्थान सीटीईटीभी क्यामेरा जडान गर्ने, उच्च शिक्षाका लागि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको उच्च शिक्षामा पहुँच पुर्‍याउन विशेष योजना ल्याउने उल्लेख छ ।

नगर भरि विभिन्न लघु उधोग संचालन गरि रोजगारी सिर्जना गर्ने ढाक उद्योग स्थापना गरी रोजगारी सृजना, सीपमूलक तालिमको आयोजना गर्ने । 

त्यस्तै, कृषि क्षेत्रमा ‘किसान वर्गको लागि कृषि सम्बन्धी आयमूलक, सेवामुलक तालिम तथा बिउ विजनको खाद्य मल निशुल्क बितरण गर्ने पशु बिमा कार्यक्रम सन्चालन गर्ने कोशी टप्पुका बन्यजन्तु तथा जंगली जनावरको आक्रमणलाई रोकथाम गरिने’ प्रतिबद्धता समेत उल्लेख गरिएको छ ।

नगरमा पर्यटन प्रबर्द्धन गर्नको लागि गत बर्ष डिपिआर भएको नगर गौरबका सम्पुर्ण योजना सम्पन्न गर्ने, बसपार्क ब्याबस्थित गर्ने वडा न २ र ३ को त्रियुगा नदिमा झोलुङ्गे पुल निर्माण गर्ने’ सबै वडा खानेपानी उपलब्ध गराउने अधुरो रहेका ढल निर्माण गरि कालोपत्रे गर्न बाँकी रहेका बाटोघाटो मा कालो पत्रे गर्ने नगर युवा तथा खेककुद बिकास समिती गठन गरि युवा लक्षित कार्यक्रम संचालन गर्ने अधुरो सहिद स्मृतिमा रंगशाला को प्याराफिट निर्माण सम्पन्न गर्ने सबै वडामा युवा लक्षित कार्यक्रम ल्याइ रोजगारी सिर्जना गर्ने जस्ता महत्त्वपूर्ण काम प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छ्न।