धरान । विगतमा निर्वाचनका बेला  दलहरुले जनताका सामू धेरै वाचा गरे पनि जितेर गएपछि सबै वाचा विर्सिने गरेको वृतान्त सुनाउदै दलहरुका उम्मेद्वारलाई सुनाएका छन् । 

उनीहरुले लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उमेद्वारहरुहरुलाई सुझावसमेत दिए । 

दहरुले निर्वाचनताका यो गर्छु, त्यो् गर्छु भनेर धरानबासीलाई आश्वासन दिने तर आफ्नो कार्यकाल पूरा हुन्जेलसम्म त्यस्ता प्रतिवद्धतालाई चटक्कै विर्सेर विवादित काममा लाग्ने गरेको उनीहरुको भनाई छ ।

उनीहरुले धरानको खानेपानी समस्याको विषयलाई कोट्याउदै यो एजेन्डा सधै सबै दलको एजेन्डामा रहे पनि अहिलेसम्म समाधान गर्न नसकेको सर्वसाधारणको भनाई थियो । धरान १६ मा घरदैलोमा पुगेका लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु समक्ष सर्वसाधारणले थोरै प्रतिवद्धता धेरै काम गर्न सुझाव दिएका थिए ।

खानेपानीको समस्यामा गठबन्धनले नगरपालिकाको बजेट कटाएर भएपनि समाधान गर्छौ भन्ने कुरा प्रतिबद्धता गरेको् प्रति सर्वसाधारणले आफूहरु आशावादी बनेको बताएका थिए । उनीहरुले बर्षौदेखिको समस्या अब भने समाधान हुने आशा पलाएको बताएका थिए ।

धरानको नेतृत्व मात्र नभई जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने नेता धरानलाई चाहिएको उनीहरुले बतारहदा लोकतान्त्रिक वाम गठन्बन्धका मेयरका उमेद्वार किशोर राईले लोकतान्त्रिक वाम गठबन्धनले प्रतिबद्धता गरेका कुरालाई प्राथमिकतामा राखेर समाधान गर्दै जाने बताउनु भएको छ ।  

लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम वेघाले प्रतिद्धतामा उल्लेख गरेका कुरालाई कार्यान्वयन गर्दै धरानका जनतालाई न्याय दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

 ‘जति पनि जनप्रतिनिधि आए धरानेहरुले परिवर्तनको आभाष भएको पाएनन्, अब यो आभाष लोकतान्त्रिक वाम गठबन्धनले गरेको कामबाट सर्वसाधारणले पाउनेछन् ।’–उहाँले भन्नु भयो ।

धरानमा मेयरमा गठबन्धनबाट किशोर राई र उपमेयरमा आइन्द्रविक्रम बेघाको उम्मेद्वारी रहेको छ । यता एमालेबाट मेयरमा हालकी उपमेयर मञ्जु भण्डारी र उपमेयरमा पदम लिम्बुलाई उम्मेद्वार बनाएको छ । स्वतन्त्र उम्मेद्वारमा हर्कराज राई, रत्न कट्वाललगायत रहनु भएको छ ।