धरान  / अर्थोपेडिक विधा समयसँगै विकास हुने क्रममा विषय विज्ञहरुको विकास हुँदै गएको छ । स्पाइन सर्जरीको विकास र सर्जनहरु बीचमा ज्ञान, सीप आदानप्रदान गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्पाइन सर्जनको प्रदेश कमिटी गठन भएको छ । 

प्रा.डा. पशुपति चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । कमिटीको महासचिवमा डा. प्रेम शाही रहनु भएको छद ।  

उपाध्यक्ष डा. प्रकाश सिटौला, सहसचिव डा. सुवास झा र कोषाध्यक्ष डा. सन्दीप अधिकारी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा डा. यज्ञ खरेल, डा. मनोजकुमार साह, डा. कुमुद लिम्बू, डा. नवीन सिंह, डा. प्रमोद बराल र डा. अनुप पोख्रेल चयन हुनु भएको छ । 

आवश्यक्ताअनुसार साइन्टिफिक कमिटी र एडभाइजरी कमिटी गठन गर्ने नव निर्वाचित अध्यक्ष प्रा.डा. चौधरीले जानकारी दिनु भयो ।