इटहरी  / इटहरी उपमहानगरपालिकाका मेयर  तथा नेकपा एमालेका प्रभावशाली नेता द्वारिकलाला चाैधरीले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा महाभारतको लडाईमा श्रीकृष्णले अर्जुनलाई साथ दिए जस्तै सबै जनताले सूर्यध्वजावाहक उम्मेदवारलाई साथ दिने वताउनुभएको छ । उहाँले गठवन्धनको चक्रब्यूह तोडन आफूले नेतृत्व  गर्नु परे तयार रहेको पनि वताउनुभएको छ । इटहरीमा एमाले एक ढिक्का भएको देखेर कसैको टाउको दुख्छ भने सिटामोल लिएर हिडन पनि उहाँले सुझाव दिनुभएको छ । इटहरी उपमहानगरमा हालका मेयर द्वारिकलाल चौधरीले एमालेका मेयर पदका उम्मेदवार याम सुब्बा र उपमेयर पदका उम्मेदवार संगीता चौधरीलाई जिताउने अभियानमा लाग्नु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपलिकामा उमेदवारहरु घर दैलो कार्यक्रम व्यस्त छन । चुनाव नजिकिदै गर्दा भोट माग्नका लागि उम्मेदवारहरु अहिले हतारमा देखिन्छन । इटहरीमा एक सय २ पदका लागि चार सय ८ जनाले उमेदवारी दिएका छन् । इटहरीको मेयर पदमा १६ जना र उप–मेयर पदमा ७ जना सहित  चार सय ८ जनाको चुनावी प्रतिस्पर्धा हुने इटहरी उप महानगरपालिकामा १ लाख ४ हजार ६ सय २६ मतदाता रहेका छन ।नेकपा एमालेले जित्दै आएको इटहरीमा नेकपा एमालेबाट यामकुमार सुब्बा, नेपाली काँग्रेसबाट हेमकर्ण पौडेल,   र राप्रपाबाट आकाश सुब्बा सहित मेयरपदमा १६ जनाको उमेदवारी दिएका छन ।