धरान / इटहरी–४ शिशिर टोलमा डेरा गरि बस्ने भारतको पश्चिम बंगाल २४ परगनारा घर बताउने नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

२८ बषीय सुजित रायले करिव २ महिना अगाडी देखी विना ईजाजत पाईल्स फिसर फिस्टुला  सम्वन्धी सार्थक उपचार क्लिनिक प्रा।लि। संचालन गरी विरामीको उपचार गर्दै औषधीहरु समेत विक्री गर्दै आएका थिए । 

इलाका प्रहरी कार्यालय इटहरी तथा औषधी व्यवस्था विभाग कार्यालय विराटनगरको  मेडिकल अधिकृत समेतको संयुक्त टोलीले निज सुजित रायलाई आवश्यक कानूनी कारवाहीका लागी क्लिनिकवाट यही बैशाख १६ गते पक्राउ गरेको हो । 

 सुनसरी जिल्ला अदालतबाट ईलाज सम्बन्धी मुद्दा शिर्षकमा मंगलबार दिन ७ को म्याद थप गरि शु? गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।