धरान /  नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीवाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उनीहरुको साधारण सदस्यता खारेज भएको बताउन्ु भएको छ ।  

कारवाही पर्नेमा राप्रपावाट वडा अध्यक्षका उम्मेदवार बन्नु भएका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपावाटै वडा अध्यक्षका उम्मेदवार बन्नु भएका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराई रहनु भएको छ । 

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका कारण उनीहरु विरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले जानकारी दिनु भएको छ ।

अन्तिम अवस्थामा आएर पार्टीले पुन वडाध्यक्षका लागि टिकट नदिए पछि उहाँहरुले दल परिवर्तन गरि वडाध्यक्षको उम्मेद्वार बन्नु भएको हो ।