धरान ।नेकपा एमाले धरान ५ ले  उम्मेदवार परिचय कार्यक्रम  गरेको छ । ५ नम्बर वडा स्थित पार्टी कार्यालयमा  पार्टीको तर्फबाट  वडामा उम्मेदवारी दिने उमेदवारहरूकाे स्थानीय तथा पार्टीका नेता कार्यकर्ता माझ परिचय गराएको हो । धरान ५ वडामा एमालेको तर्फबाट वडाध्यक्षमा मनप्रसाद लिम्बू उम्मेदवारी दिएका छन् भने   खुल्ला सदस्यमा प्रेमबहादुर दाहाल, विजय राई, महिला सदस्य सुनिता राई र दलित सदस्यमा शान्ता माया विश्वकर्माको उम्मेदवारी रहेको छ । 

उम्मेदवार परिचय कार्यक्रम सुनसरी क्षेत्र नम्बर १ का सङ्घीय सांसद जयकुमार राई, नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ,उपाध्यक्ष पारस काङमाङ राई ५ नम्बर वडा इन्चार्ज चन्द्र भुजेल , लगायतको उपस्थित रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संसद् जयकुमार राईले धरान १५  बगरकाेट देखी  याकथुम चोकसम्म भर्खरै निर्माण सम्पन्न भएको  कालोपत्रे सडक  स्व. मेयर तारा सुब्बाले अघि सारे नगर गौरवको आयोजना अन्तरगत निर्माण सम्पन्न भएको बताउनु भयाे । उहाँले उक्त कालोपत्रे सडकलाई लिएर नेपाली काँग्रेसका उम्मेदवारले हामीले ल्याएको भन्दै भ्रामक प्रचारबाजी गरेको भन्दै भ्रममा नपर्न समेत आग्रह गर्नु भएकाे थियाे । 

राईले, धरान ५ का जनताले एक कार्यकाल अराजताकाे सास्तीका बिच  गुजार्नु परेको भए पनि  अब त्यस्तो नहुने बताउनु भयाे । उहाँले बृद्धबृद्धा लाई सम्मान पूर्वक बाच्नका लागी वृद्ध भत्ता, बेरोजगारका लागी प्रधानमन्त्री रोजगार कार्यक्रम, सबैको रोजगार सुनिश्चितताका लागी एक गाउँ एक उत्पादन जस्ता कार्यक्रम ल्याउने  जनताको सेवक लाई छाडेर अन्य अराजक व्यक्तिलाई जनताले भोट नदिने बताउनु भयाे।