धरान  / नेपाली कांग्रेसमा उम्मेद्वार छनौटमा कमजोरी गरेको भन्दैं धरान उपमहानगर भित्रका विभिन्न वडाहरुमा असन्तुष्टिका स्वरहरु बाहिर आउन थालेका छन् । धरान वडा नं. १ र १४ मा नेपाली कांग्रेसबाट सानदार रुपमा वडामा जितेका वडाध्यक्षहरु रोशनी अधिकारी र कृष्णप्रसाद भट्टराईलाई कांग्रेसले पाखा लगाए पछि उहाँहरुले दल परिवर्तन नै गरेर पुन उम्मेद्वारी दर्ता गराउनु भएको छ । वडाका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुसहित उहाँहरु राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । 

यस्तै धरान ५ मा काँग्रेसको उमेदवार छनोटमा भूगोल नहेरिएको भन्दैं कार्यकर्ताहरुले असन्तृष्टि जनाएका छन् ।  धरान उपमहानगरको ५ नम्बर वडामा उम्मेदवारी दिनु भएका काँग्रेसका उम्मेदवार सन्तोष लिम्बु प्रति काँग्रेस भित्रैबाट असन्तुष्टि देखिएको छ । वडामा रहेका  काँग्रेसका पुराना नेता कार्यकर्ताहरूलाई बेवास्ता गरिएको भन्दै ५ नम्बर वडामा रहेका काँग्रेसी नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् । 

 असन्तुष्ट नेता कार्यकर्ताले  वडा कमिटी घर चलाए जसरी चलाएको र पुराना नेता कार्यकर्ताहरूको योगदान बिर्सिएर पछिल्लो समय पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लाएका छन् । उनीहरूले  वडामा प्रतिनिधि छनोट देखी पछिल्लो समय चुनावी प्रचार प्रसारमा पनि कुनै पनि प्रकारको समन्वयन नभएको बताएका छन् ।  क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधि पार्टी छोडेर अर्को पार्टीमा जानु भनेको नै त्यहाँ असन्तुष्टि छ भनेर बुझ्नु पर्ने हो तर अझैसम्म कुनै प्रकारको समन्वयन नभएको कांग्रेसका एक नेताले बताउनु भयो ।