धरान / झण्डै २२ बर्ष अघि पेश्की लिएर फरफारक नगरेका नेपाली कांग्रेसबाट धरान उपमहानगरपालिका मेयरको उम्मेद्वार किशोर राईले उम्मेद्वारी दर्ताका दिन पेस्की वापतको रकम बुझाउनु भएको छ ।   

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार हुने भए पछि उहाँले पहिलो पेश्की लिएको २२ वर्ष पछि रकम बुझाउनु भएको हो ।  उपमहानगरमा  िवभिन्न समयमा  लिएकाे पेश्की बापतकाे रकम नबुझाए पछि बेरुजु देखिएकाे थियाे ।

राईको नाममा २०५६ साल असोज १२ गते देखि २०६७ वैशाख २७ गते सम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाको जनाएको छ । उनीसँग ११ वर्षको अवधिमा पटक पटक लिएको कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की लिएका देखिन्छ । उनको लामो समयदेखि पेस्की फछौट नगरेको विषयमा पटक पटक समाचार आउदैं गरे पनि फछौट गर्न वेवास्ता गदैं आएका थिए । निर्वाचनमा उम्मेद्वार बन्न पेस्की भएकोले नपाउने भने पछि उनले रातारात रकम बुझाउनु भएको हो । २०५४ सालको निर्वाचनमा १२ नं. वडाबाट वडा सदस्य जितेका राईको जनप्रतिनीधि भएदेखि विभिन्न खेलकुदको कार्यक्रममा पेस्की लिएको देखिन्छ ।

उपमहानगरपालिकाले पटक पटक पेश्की फच्र्यौट गर्न ताकेता गरेको पनि फछौंट गर्नु भएको थिएन । उहाँलाई धरान उपमहानगरपालिकाको पेश्की फछौंट गर्न गरेको पत्राचार अनुसार उहाँले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुँपैया पेश्की लिनु भएको थियो । त्यस पछि २०५७ साल असार १८ गते काठमाण्डौं जान लिएको भ्रमण पेश्की मध्य फछौंट कट्टा गरि बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफाई गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्डकपको लागि काठमाण्डौं जना भ्रमणमा १० हजार, पुस १७ गते काठमाण्डौं जना भ्रमणमा ३ हजार ५ सय लिनु भएको देखिन्छ । त्यसैगरि २०५८ साल भदौ २४ गते पुनः काठमाण्डौं जान भ्रमण खर्च ६ हजार, पुनः फागुन १० गते काठमाण्डौं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान भ्रमण खर्च ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उदघाटन कार्यक्रमका लागि पेश्की १० हजार र अन्तिम पेश्की २०६७ वैशाख २७ गते जनजाती कल्याण आश्रम भवन निर्माण गर्न पेश्की ५० हजार रुपैया गरि कुल १ लाख ३ हजार ४ सय रुपैया पेश्की रहेको थियो । 

उपमहानगरले दिएको फर्छौंट गरेको तथ्यांक अनुसार उहाँले मनोनयन दर्ता गर्ने पहिलो दिन गत आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्कि रकम प्राप्त बैंक भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार फछौंैट गरिएको ७९ हजार ४ सय रुपैया रहेको छ । यस्तै वैशाख १२ गते सोमबार विभिन्न चेक मार्फत बाँकी २४ हजार भुक्तानी भएको छ । कार्यालयका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाअध्यक्ष किशोर राईको मिति २०५७।०६।०४ को ढल सफाई कार्यको पेश्की संलग्न भरपाई तथा अर्थ तथा सार्वजनिक लेखा समितीको सिफारिसको आधारमा फछौट भएको ३ हजार, भौचर नम्बर १२६९ बाट किशोर राईको नाममा रहेको पेश्कि रकम फर्छाैंैट गरिएको १० हजार र १२७४ भौचर नम्बरबाट किशोर राईको नाममा रहेको पेश्कि प्राप्त आम्दानि भौचर नम्बर १०२६३ को आधारमा फछौंैट गरिएको ११ हजार रहेको उपमहानगरपालिकाले जनाएको छ । निर्वाचन आयोगले पेस्की रकम बाँकी हुनेले उम्मेद्वारी हुन नपाउने नियम बनाए पछि उहाँले मनोनयन दर्ताकै दिन आफ्नो बाँकी बुझाउनु भएको हो ।