धरान / ः बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले नगरभित्रको बेथिति सुधार गर्दै समृद्ध रामधुनी बनाउने बताउनु भएको छ । 

रामधुनीमा राजनीतिक रुपमा नगर भएपनि आर्थिक विकासका आधारमा अझै नगर जस्तो नभएको बताउनु भयो ।  अधिकारीले नगरभित्रका अनेकौं आर्थिक विसङ्गतिहरू रहेकोले आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गरिने बताउनु भएको छ ।

मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य गरेर स्रोत परिचालन गरिने बताउनु भएको छ ।

अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरूमा बिभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रचार, बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रहालय निर्माणमा आफ्नो जोड रहने बताउनुभयो ।

उहाले आफ्नो उम्मेदवारी नगरवासीमा खुसी ल्याउनका लागि भएको बताइन् । साथै कुलतमा फँसेका युवाहरूलाई समाजको राम्रो बाटोमा डो¥याउनका लागि भूमिका खेल्ने समेत अधिकारीले बताउनुभयो  ।

उहाँले आफ्नो उम्मेदवारी रामधुनीमा युवा रोजगारीमा वृद्धि गर्न आयआर्जनको बाटोहरू पहिचान गर्ने र बेरोजगार जनशक्तिलाई रोजगारीमूलक तालिम दिएर लघु उद्यमशीलताको विकास गर्ने समेत बताउनुभयो  ।