धरान / धरानमा राजनीतिक दलहरुले चुनावी गतिविधी तिव्र बनाएको छ । गठबन्धन पार्टीहरुले तालिका बनाएर चुनावी प्रचारमा लागेका छन् । नेपाली कांग्रेसले मेयरमा किशोर राईलाई उम्मेद्वार बनाएको छ । गठबन्धनबाट उपमेयरमा आमोवादी केन्द्रका नेता आइन्द्रविक्रम बेघालाई उपमेयरको उम्मेद्वार बनाएको छ ।
यता एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी उमेदवारी मनोनय दर्ता गराएसँगै एमालेका उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा लागेका हुन् ।

एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङका अनुसार धरानका विभिन्न वडामा मेयर उमेदवार मन्जु भण्डारी र उपमेयर उमेदवार पदम प्रसाद लिम्बूलगायत नेता तथा कार्यकर्ताहरू घरदैलो अभियान सञ्चालनमा रहेका छन् ।
बुधबार धरान उपमहानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घरदैलो अभियान सञ्चालन भइरहेको अध्यक्ष एभेङले बताए । घरदैलो कार्यक्रमा भोट माग्ने मात्र नभएर एमालेले विगतमा गरेको कामको जानकारी गराउनुका साथै जनताको चाहना र माग सुन्न पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको एमाले धरान उपमहानगर कमिटीले जनाएको छ ।
घरदैलो अभियानका क्रममा मतदाताहरूले हाल भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् । मतदातको गुनासो प्रति जवाफ दिँदै मेयर उमेदवार मन्जु भण्डारीले खानेपानीको समस्या सिङ्गो धरानको प्रमुख समस्या भएकोले यसको समाधान बिना अर्को विकासको औचित्य नहुने भन्दै खानेपानी समस्याको समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।


निर्वाचन मूल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३७ र १२ मा घरदैलो अभियान सञ्चालन गरिने छ ।

घरदैलो अभियानकै क्रममा धरान ८ मा नेपाली काङ्ग्रेसका पूर्व सुनसरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा तामाङले काँग्रेसले जनतालाई झुक्काउने काम बाहेक अरू नगरेको भन्दै विकास र समृद्धिको दृष्टिकोणले एमाले नै जनताको पार्टी भएको बताएका छन् ।
एमालेबाट मेयरको प्रत्यासी मञ्जु भण्डारी, उपमेयरका प्रत्यासी पदम लिम्वुले ‘ेमतदातासँग हामी’ फेसवुक लाइभ शुरू गर्नु भएको छ । सामाजिक सञ्जालबाट पनि जनताको गुनासो सुन्न यस्तो कार्यक्रम शुरू गरिएको निर्वाचन प्रचार प्रसार समिति प्रमुख किशोरकुमार कार्कीले बताउनु भएको छ । प्रत्येक साँझ ८ बजे मतदातासँग छलफल गर्ने समय छुट्टाएको मेयरकी प्रत्यासी मञ्जु नु भयो ।