काठमाडौं  / अव जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार गरी दुई दिन बिदा हुने भएको छ । सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार हाललाई परीक्षणको रूपमा जेठ १ गतेदेखि यो नियम लागू हुनेछ। यो नियम लागू भएपछि कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्मका लागि कायम गरिएको छ। 

यसबाहेक अन्य सांस्कृतिक र नियमित बिदा कटौती गर्नेबारे भने निर्णय नभएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनु भएको छ । अन्य निर्णय स्थानीय तहको चुनावपछि गरिने बताइएको छ ।