इटहरी । गठबन्धन भनिएको भनिएपनि इटहरी उप महानगरमा माओवादी केन्द्रले मेयर र उप मेयर सहित मनोनयन दर्ता गराएको छ । गठबन्धन प्रति असन्तष्टी जनाँउदै आएको माओवादीले आफूहरुलाई पेलेर गएको भन्दै छुट्टै मनोनयन दर्ता गराएको हो । 

माआृेवादी केन्द्रका तर्फबाट मजदुर नेता भानु मैनालीले मेयर पदमा र शुशिला उप्रेतीले उप मेयर पदमा मनोनयन दर्ता गराएका हुन् । गठबन्धनका क्रममा इटहरी उप महानगरमा कांग्रेसलाई मेयर र एकिकृत समाजवादीलाई उप मेयर दिने केन्द्रमा सहमति भएको थियो । 

केन्द्रमा मुख्य पदमा सहमति भएपनि वडा बिभाजनका बिषयमा कुरा समेत हुन नसक्दा माओवादीले मनोनयन दर्ता गराएको हो । माओवाली केन्द्र प्रदेशका उपाध्यक्ष शिव डाँगीले पेलेर गएकाले आफूहरुले अस्तित्वका लागि भएपनि मनोनयन दर्ता गराएको बताउनु भयाे। 

माओवादी केन्द्रले सवै वडामा अध्यक्ष सहित मनोनयन दर्ता गरेको छ । मेयरका उमेद्वार मैनालीले पार्टीले बिधिमा गठबन्धन गरेको भएपनि यहाँ छलफल समेत नगरेकाले बाध्य भएर मनोनयनदर्ता गरेको बतााउनु भयाे ।