विराटनगर  । विराटनगरकाे महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश काेइराला र  उपमेयरमा टिकट पाएका उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

सोमबार दलबलसहित  पुगेका काेइराला मेयर र यादवले महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ । 

कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरिसकेका छन्।

२०७४ मा कांग्रेस एक्लै लड्दा पनि जितेको महानगरमा यसपटक टिकटका लागि पार्टीभित्र तीव्र प्रतिष्पर्धा थियो। शेखर कोइरालानिकट रहेका  कोइरालाले साेमबार मेयरमा टिकट पाउनु भएकाे हाे ।